काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो । उनी जेठ २० गते निलम्बनमा परेका थिए । निलम्बनविरुद्ध प्रशासकीय अधिकृत सरोज गुरागाई,कार्यवाहक प्रहरी बल प्रमुख बिष्णुजोशी लगायतलाई विपक्षी बनाएर पाण्डे उच्च अदालत गएका थिए । जेठ २६ गते उनले रिट दायर गरेकोमा उच्चले अन्तरिम आदेशमार्फत निलम्बन कार्यन्वयन नगर्नू भनेको थियो ।
६ महिनाका लागि निलम्बन परेका पाण्डेको रिट खारेजीसँगै उनी पुनः निलम्बन हुने देखिएको छ । उनको निलम्बनको ६ महिने अवधि मंसीर २० गतेसम्म छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij