काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर २ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij