२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १६ अंकले बढ्यो, २ अर्ब ७९ करोडको कारोबार

नेप्से १६ अंकले बढ्यो, २ अर्ब ७९ करोडको कारोबार

1.5K
Shares

काठमाडौं  -साता कारोबारको पहिलो दिन आइतबार  नेप्से १६.६७ अंकले बढेर २,५०३ को विन्दुमा कायम भएको हो । आज विकास बैंक उपसूचक, म्यूचअल फण्ड र ननलाइफ इन्स्योरेन्स उपसूचकबाहेक अन्य सम्पूर्ण सूचकमा हरियाली छाएको छ । आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij