२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिव श्री हाइड्रोपावरको हकप्रद बाँडफाँड

शिव श्री हाइड्रोपावरको हकप्रद बाँडफाँड

1.2K
Shares

काठमाडौं – शिव श्री हाइड्रोपावर लिमिटेडले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ।

कम्पनीले साउन १५ गतेसम्म कायम शेयरधनीहरूका लागि १ कित्ता बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद बिक्री खुला गरेको थियो।

बिक्री अवधिभर रितपूवर्क आवेदन दिएका शेयरधनीहरूलाई असोज ३१ गते शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटटले जनाएको छ। कुल १ करोड ३८ लाख ९८ हजार १५५ कित्ता हकप्रद शेयर मात्रै बाँडफाँड भएको कम्पनीले जानकारी दिएको छ।

बाँडफाँडमा बाँकी बसेको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद शेयर अब कम्पनीले लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राख्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij