ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ।
दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ। नेपाल हालसम्म अपराजित छ। दुई खेल खेल्न बाँकी हुँदा नै विश्वकपमा छनोट भइसकेको नेपाल ८ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ। सामोआले भने अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij