२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1.3K
Shares

काठमाडौं- मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने असोज ३० गते अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३१ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कात्तिक १५ गते, शनिबार, होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरमा उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्यिारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij