काठमाडौं- एनआइसी एसिया बैंकका ग्राहकका लागि नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने भएको छ।
यसका लागि बैंक र रिसोर्टबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा सेवालिई डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले यो सुविधा एनआएसी एसिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरे वा मोबाइल बैंक एपमार्फत् भुक्तानी गर्दा पाउनेछन्।
बैंकले उक्त सहकार्यले ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार विस्तारमा योगदान पुग्ने विश्वास लिएकाे छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij