काठमाडौं– साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ .४३ अंकले घटेर २,५२८ को विन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको हो ।
आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ । आज १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.८२ प्रतिशत, विकास बैंक समूहको १ प्रतिशत, फाइनान्स समूहको १.४० प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड माथिको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij