काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ । आज सुनको मूल्य प्रतितोला ८ हजार ५०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । पछिल्लो समय सुनचाँदीको मूल्य निरन्तर रेकर्ड ब्रेक गर्दै बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । सोमबार छापावाल सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij