२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंकका ग्राहकलाई मर्क्याेर होटलमा छुट

एनआइसी एसिया बैंकका ग्राहकलाई मर्क्याेर होटलमा छुट

1K
Shares

काठमाडौं- एनआइसी एसिया बैंकका ग्राहकले मर्क्याेर होटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ।

सम्झौतासँगै ग्राहकले होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्ने छन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट पाउनेछन्।

यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij