२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा

सयपत्री फूलमा आत्मनिर्भर बन्दै पोखरा

1.1K
Shares

गण्डकी-तिहारमा मालाका लागि प्रयोग गरिने सयपत्री फूलमा पोखरा आत्मनिर्भर बन्दै गएको छ । विगतमा तिहारका लागि पोखरामा ठूलै मात्रामा फूल बाहिरबाट आउने गरेकामा पछिल्ला वर्षमा त्यो क्रम क्रमशः घट्दै गएको छ ।

पछिल्ला वर्षमा घरका लागि आवश्यक हुने फूल अधिकांशले घरघरमा नै तयार गर्नाका साथै यस क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने क्रम बढेसँगै पोखरा सयपत्री फूलमा आत्मनिर्भर बन्दै गएको हो ।

सयपत्री फूलप्रतिको आत्मनिर्भरता बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले विगत तीन वर्ष यता फूलको बीउ वितरणलगायतमा अनुदान सहयोगसमेत गर्दै आएको महानगरपालिकाका कृषि विकास शाखाप्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । महानगरपालिकाले फूलखेतीमा लाग्ने किसानलाई लक्षित गरी फूलको न्यूनतम समर्थन मूल्य तोक्नाका साथै आवश्यक अन्य सहयोग पनि प्रदान गरिहेको उहाँको भनाइ छ ।

“यस वर्षका लागि महानगरपालिकाले पोखरामा करिब १२० रोपनी क्षेत्रफलमा पुग्नेगरी अनुदानमा फूलको बीउ वितरण गर्नाका साथै गत असारमा तालिम पनि दिएको थियो”, उहाँले भन्नुुभयो, “फूलका लागि मौसम पनि उपयुक्त नै भएकाले यस वर्ष फूलको राम्रै उत्पादन हुने अनुमान गरेका छौँ ।”

पछिल्ला वर्षमा पोखरामा उत्पादित फूल क्रमशः आत्मनिर्भरतातर्फ उन्मुख बन्दै गएको उहाँले जानकारी दिनुुभयो । यस वर्ष तिहारका लागि बजारमा पुग्नुअघि कृषि सञ्जालसँग छलफल गरी फूलको बिक्री मूल्य तोक्ने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij