काठमाण्डौं – नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीक अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्यहरु शेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउँने आठ करोड १० लाख रुपैयाँ बरावरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार रुपैयाँप्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij