काठमाडौं – नेपाल स्टक एक्सचेन्च (नेप्से) बुधबार परिसूचक ४५ दशमलव ३६ अंकले घटेर २,५५९ को विन्दुमा कायम भएको छ । ३३५ वटा कम्पनीहरुको एक करोड ३७ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री हुदाँ पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज पनि सम्पूर्ण इन्डेक्सहरु राताम्मे बनेका छन् । फाइनान्स र होटल सेक्टर सबैभन्दा बढी प्रतिशतले घट्न पुगेको छ । बुधबार कुल २३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १८ वटाको मात्र बढेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij