२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकद्धारा साधारणसभा आब्हान, बुक क्लोज कहिले ?

सानिमा बैंकद्धारा साधारणसभा आब्हान, बुक क्लोज कहिले ?

1.7K
Shares

काठमाडौं – सानिमा बैंक लिमिटेडले साधारणसभा आब्हान गरेको छ । बैंकले कात्तिक २ गते भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजे २१औं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त सभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि तय गरिएका छन्।

साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ असोज २६ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij