काठमाडौं – टाइम फर्मास्युटिकल्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिले साधारणसभा यही असोज २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित होटल सिराइचुलीमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१।८२ मा कायम चुक्तापुँजी ३६ करोड ५० लाख रुपैयाँको कुल १४.५४७९ प्रतिशतले हुन आउने ५ करोड ३१ लाख रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले कम्पनीको जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
यो कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने तयारी गरिरहेको छ। गत वैशाख ११ गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले सोही सभाले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने र आइपीओ बिक्रीबाट प्राप्त रकम उपयोग गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij