२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

1.8K
Shares

काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ८० लाख रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij