काठमाडौं – एक महिनामा नै १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँको रेमिट्यान्स आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको साउन महिनाकाे नेपालको वित्तीय अवस्थामा यस्तो देखिएको हो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई रु.१७७ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई रु.१३६ अर्ब ६० करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १९३ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८ अर्ब ८ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सब्ख्या ४४,४६६ र पुनः श्रम स्वीकृति लिनेको सब्ख्या २३,६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सब्ख्या क्रमशः ३६,९२८ र २२,६४७ रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij