२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ऊर्जामन्त्रीको पहिलो निर्णयः ट्रंक तथा डेडिकेटेड महशुलको बक्यौता उठाउने

ऊर्जामन्त्रीको पहिलो निर्णयः ट्रंक तथा डेडिकेटेड महशुलको बक्यौता उठाउने

1.3K
Shares

काठमाडौं -नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।

मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुसँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार गरेका हुन । उहाँले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे । ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij