२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

1.3K
Shares

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाका लागि नेपालको टोली घोषणा गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा आगामी असोज दोस्रो सातामा हुने उक्त शृङ्खलाका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो ।

त्यसैगरी नेपाली टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, ंकुशल मल्ल, आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले भने पुनरागमन गरेको हुन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन । त्यस्तै सन्दीप पनि २०२४ को टी ट्वान्टी विश्वकप पछि टोलीमा समावेश भएका हुन् । नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको ट्वान्टी–२० शृङ्खला खेल्दैछ । जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij