२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन

जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन

1.3K
Shares

तनहुँ- जेनजी आन्दोलनका क्रममा तनहुँमा भएका सरकारी कार्यालय तोडफोड र आगजनीपश्चात् अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरी प्रशासन कार्यालयलाई उपलब्ध गराउन परिपत्र गरेको जानकारी दिनुभयो । तोडफोड र आगजनीबाट कार्यालयमा भएका फोहर सरसफाइ गर्न समेत कर्मचारीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश कार्यालय तोडफोड र आगजनी भएका छन् । सबै व्यवस्थापन मिलाएर सेवा प्रवाह गरिनेछ । अत्यावश्यक सेवा भने तत्कालै सञ्चालन गरिनेछ ।”

जेनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij