काठमाडौं – जेनजी आन्दोलनमा प्रहेरीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या १४ जनाको को मृत्यु भएको छ । मृत्यु हुनेको परिचय खुलेको छैन ।
नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये १३ को मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
सबभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भइसकेको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा उपचारका क्रममा ३, सिनामंगलस्थित केएमसी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १-१ को ज्यान गएको छ ।
घाइते कति जना छन् भन्ने यकिन छैन।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij