२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको सिइओमा पुनः सुदेश खालिङ राई नियुक्त

एभरेष्ट बैंकको सिइओमा पुनः सुदेश खालिङ राई नियुक्त

1.8K
Shares

काठमाडौं- एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: सुदेश खालिङ राई नियुक्त भएका छन्। बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनलाई पुन: सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकको अनुसार उनको नयाँ कार्यकाल असोज ८ गतेदेखि सुरु हुने छ।

उनलाई बैंकले २०७८ असोजमा सीइओ नियुक्त गरेको थियो। ४ वर्षको कार्यकाल सकिएपछि बैंकले उनलाई नै दोस्रो कार्यकालको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij