२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीमा प्राधिकरणमा अध्यक्ष पदका लागि १४ जनाको आवेदन

बीमा प्राधिकरणमा अध्यक्ष पदका लागि १४ जनाको आवेदन

1K
Shares

काठमाडौं- नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्।  भदौं ९ गतेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणमा अध्यक्षको लागि छनौट समिति गठन गरेको थियो । अर्थ मन्त्रालय अन्तर्गतको सिफारिस समितिले १३ भदौमा आवेदन आह्वान गरेपछि ७ दिनभित्र १४ जना उम्मेदवारहरूले आवेदन दिएका हुन्।

 अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारहरूमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देवकुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञप्रसाद न्यौपाने, रमेशकुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij