काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी जम्मा २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
अब उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुमा वितरण गरिनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij