२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

एनआइसी एसिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १० प्रतिशत छुट

1.4K
Shares

काठमाडौं – एनआइसी एसिया बैंकका ग्राहकले माउन्टेन भिस्टा रिट्रिट होटलमा १० प्रतिशत छुट पाउने भएका छन्।

बैंकका ग्राहकलाई नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र होटल बीच सम्झौता भएको हो।

यस सम्झौतासँगै बैंकका ग्राहकले होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। जुनसुकै प्रकारका सेवामा छुट पाइने छ।

यस सुविधाको उपयोग गर्न ग्राहकल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नु पर्नेछ।

यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij