काठमाडौं – नेपाल राष्ट्र बैंकले एकैपटक १०७ कर्मचारीको सरुवा गरिएको छ। सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई सरुवा गरेको हो ।
विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो। दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ।
पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ। यस्तै, ३८ उपनिर्देशकको एकै पटक सरुवा भएको छ। सरुवा हुनेमा ६६ सहायक निर्देशक पनि छन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij