२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान

हिमालयन सेक्युरिटिजद्वारा साधारण सभा आह्वान

945
Shares

काठमाडौं – हिमालयन सेक्युरिटिज लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गरिने भएको हो ।

सभामा आव २०८१–८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१–८२ को सञ्चालक समितिको प्रतिवेदन सभाले पारित गर्नेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१–८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने र आव २०८२–८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij