२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपर स्याङ्गे हाइड्रोले हकप्रद निष्काशन गर्ने

अपर स्याङ्गे हाइड्रोले हकप्रद निष्काशन गर्ने

840
Shares

काठमाडौं – अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ।  कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले असोज ९ गते, बिहीबार, कुण्डलिनी दरबार बैंङ्गक्वेट, चप्पल कारखाना चोक, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनी गाभ्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij