२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मुल्यमा नयाँ कीर्तिमान

सुनचाँदीको मुल्यमा नयाँ कीर्तिमान

1.1K
Shares

काठमाडौं- नेपाली बजारमा आज पनि सुन चाँदीको मुल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एकैदिन १७ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको मुल्य २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो। हिजो सुनको मुल्य प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो। यो मुल्य हालसम्मकै उच्च हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij