२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी क्यापिटलको लाभांश घोषणा

कुमारी क्यापिटलको लाभांश घोषणा

975
Shares

काठमाडौं – कुमारी क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१र८२ को लागि चुक्ता पुँजीको १७ प्रतिशतका दरले ६ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले भदौ २५ गते साँझ ५ बजे कुमारी क्यापिटल नागपोखरी नक्साल काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

साथै, कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सञ्चालक समिति चयन तथा मनोनयन गर्ने लगायतको निर्णय गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij