काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाउदै बढेको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबार चाँदी दुई हजार ४२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबार दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij