२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को लाभांश घोषणा

नबिल ब्यालेन्स्ड फण्ड २ र ३ को लाभांश घोषणा

975
Shares

काठमाडौं – नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेका छन्।

यी दुबै फण्डहरुले १३–१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। भदौ १२ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साथै सो बैठकले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २२ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार भदौ १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी दुबै फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij