काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भदौ १३ गते हाथवे इन्भेष्टमेन्ट र ४ वटा म्युचुअल फण्डहरुको मूल्य समायोजन भएको छ।
यस दिन हाथवे इन्भेष्टमेन्टको १२ प्रतिशत बोनस शेयर समायोजन भएको हो भने सिटिजन्स सुपर ३० म्युचुअल फण्डको १२.७५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को १५ प्रतिशत र एनएमबि ५० को १५ प्रतिशत नगद लाभांश समायोजन भएको हो।
समायोजनपश्चात हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य १ हजार १२४ रुपैयाँ १० पैसा कायम भएको छ। त्यस्तै, सिटिजन्स सुपर ३० को इकाईमूल्य ८ रुपैयाँ ९० पैसा, प्रभु सेलेक्टको १० रुपैयाँ ४० पैसा, एनएमबि सुलभ इन्भेष्टमेन्टको ९ रुपैयाँ ८८ पैसा र एनएमबि ५० को ९ रुपैयाँ ९२ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी स्टकहरुको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा हाथवेको शेयरको अन्तिम मूल्य प्रतिकित्ता १ हजार २५८ रुपैयाँ ९९ पैसा कायम भएको थियो भने सिटिजन्स सुपर ३० को अन्तिम इकाईमूल्य १० रुपैयाँ १७ पैसा, प्रभु सेलेक्टको ११ रुपैयाँ ६० पैसा, एनएमबि सुलभको ११ रुपैयाँ ३८ पैसा र एनएमबि ५० को ११ रुपैयाँ ४२ पैसा कायम भएको थियो।
यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा यी स्टकहरुको कारोबार खुल्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij