२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड

1.9K
Shares

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले आज बिहीबार बिहान शेयर बाँडफाँड गरेको हो।

नबिल इन्भेष्टमेन्टका अनुसार आईपीओमा कुल २४ लाख ४० हजार ४ सय ६० जनाको आवेदन परेको थियो। जस मध्ये २४ लाख ३६ हजार ३ सय ९३ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ।

जसमा १९ हजार ५ सय १९ जनाले शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गते सम्म आम सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीले भर्खरै बाँडफाँड गरेका हुनाले नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने जानकारी दिएको छ।

यी तीन तरीकाबाट हेर्न सकिन्छ नतिजा

मेरो शेयरको वेबसाइटः– https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइटः– https://result.nabilinvest.com.np/search/ipo-share
मेरो शेयर एपः– https://meroshare.cdsc.com.np/#/login

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij