काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५३ दशमलव ०१ अंकले बढेर २,८१९ को विन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।
बुधबार २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij