२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

झापा इनर्जीको आईपीओ बाँडफाँड

झापा इनर्जीको आईपीओ बाँडफाँड

2.1K
Shares

काठमाडौं – झापा इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३८ लाख १ हजार ९०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरेको थियो।

आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो।

उक्त अवधिभर रीतपूर्वक आवेदन दिएकाहरूलाई भदौ ९ गते बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो। आईपीओको नतिजा अनलाइनबाट हेर्न सकिने कम्पनीले जानकारी दिएको छ।

यससँगै अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij