काठमाडौं – माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज भदौ ८ गते आइतबार बिहान ९:३० बजे शेयर बाँडफाँड गर्न लागेको हो।
कम्पनीले साउन २६ देखि २९ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको हो। यो आईपीओ १ लाख २४ हजार ८ सय ९२ जनालाई पर्नेछ।
कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन बाँडफांड गरिसकेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij