२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्काईवेल ईभी गाडी बुकिङ गर्ने ग्राहकलाई हिराको हार र युरोप फेमिली टुर

स्काईवेल ईभी गाडी बुकिङ गर्ने ग्राहकलाई हिराको हार र युरोप फेमिली टुर

1.7K
Shares

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा भाद्र ३ गतेदेखी जारी नाडा अटो शो–२०२५ मा राखिएको गाडीहरु मध्ये स्काईवेल  ईभी  गाडीहरुमा अवलोकनकर्ताहरुको रोजाईमा परेको छ ।

नाडा अटो शो २०२५ मा स्काईवेलबिई ११, ४१० किमी, स्काईवेल बिई ११, ५२० किमी र स्काईवेलको अपग्रेड भएको मोडेल इटी ५, ६२० किमीका गाडीहरू  रहेका छन् ।

स्काइवेलका गाडीहरू बुकिङ गर्दा तत्कालै हिराको हार (डायमण्ड नेकलेस) उपलब्ध हुनेछ भने लक्की ड्र मार्फत् रोलेक्स घडी प्राप्त गर्न सकिनेछ । त्यस्तै गाडी किनेपछि यस पटकको अफरमा यूरोप फेमेली टुर गर्ने अवसर प्राप्त गर्न सकिने छ ।

स्काइवेल गाडीको आधिकारिक विक्रेता जि मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक कैलाब बाबु गेलालका अनुसार नाडा अटो शो २०२५ को एच १२ स्टलमा स्काईवेल प्रिमियम, लग्जरी, रियल इभी एसयूभी नेपालकै सबैभन्दा लामो लङ रेन्ज दिने इटी ५ मोडेलले ६२० कि.मी. रेन्ज दिने एसयूभी गाडीहरू रहेका छन् ।

गेलालका अनुसार हालसम्म ३० वटा भन्दा बढि गाडीहरु बुकि भएको छ । भने अबलोकनकर्ताको विशेष चासो पनि रहेको उनले बताए । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखी सुरु भएर भाद्र ८ गते सम्म सञ्चालन हुनेछ ।

जि मोटर्सका अनुसार अहिले विश्वको ६५ मुलुकमा स्काईवेलका गाडीहरु भएका छन् । यूरोपका देशहरु, दुबई हुँदै अष्ट्रेलिया, ल्याटीन अमेरिका, टर्की, यूके, इजरायल लगायतका देशहरुमा अहिले बिक्री भइरहेका छन् । १९७ एमएम ग्राउण्ड क्लीयरेन्समा स्काईवेलका गाडी रहेका छन् । सेफ्टीका लागि ६ ओटा इएर ब्याग रहेका छन् । स्काईवेलका गाडीहरु हिमाली जिल्ला मनाङ मुस्ताङ, सोलु जहाँ पनि लैजान सकिन्छ ।

स्काईवेलका गाडीमा २ लाख किलोमिटर वा ८ वर्ष ब्याट्री र मोटरमा वारेन्टी रहेको छ ।  स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्रान्ड हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij