२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुङ्गल हाइड्रोद्वारा स्थानीयलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड

बुङ्गल हाइड्रोद्वारा स्थानीयलाई निष्काशन गरिएको आईपीओ बाँडफाँड

1.8K
Shares

काठमाडौं- बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभवित स्थानीयलाई निष्काशन गरेको आइपीओ बाँडफांड गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले भदौ ५ गते गते शेयर बाँडफांड गरेको हो।

कम्पनीले असार २९ गतेदेखि बझांग जिल्लाका आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो। कम्पनीले आयोजना अति प्रभावित क्षेत्र बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १) तथा, सामान्य प्रभावित क्षेत्र अर्थात बझाङ्ग जिल्ला, बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११ का स्थानीयलाई शेयर निष्काशन गरेको थियो। कम्पनीले स्थानीयलाई ८ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार अति प्रभावित क्षेत्रका १९६ आवेदकलाई १ लाख १० हजार ५ सय ६० कित्ता र सामान्य प्रभवित क्षेत्रका १७ सय ७१ जनालाई ७ लाख १९ हजार ४ सय ४० कित्ता गरि कुल १९ सय ६७ जना आवेदकलाई ८ लाख ३० हजार कित्ता शेयर बाँडफांड गरिएको हो ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ। अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij