२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

1.7K
Shares

बागमती-हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन करोड ५० लाख राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर रु ४५ लाख ९९ हजार, घरबहाल कर रु ६५ लाख २० हजार, बहाल बिटोरी कर रु १६ लाख ४५ हजार, व्यवसाय कर रु ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत रु दुई लाख ३१ हजार सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा रु एक करोडले कम हो ।

आव २०८१÷८२ मा सम्पत्ति कर रु एक करोड ४४ लाख, ८५ हजार, पूर्वाधार सेवाको उपयोग बापत रु एक करोड १८ लाख ७५ हजार, घरबहाल कर रु ५० लाख ६५ हजार, सिफारिस दस्तुर रु ३३ लाख ४० हजार, बहाल बिटोरी कर रु १८ लाख ७८ हजार, व्यवसाय कर रु ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत रु पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij