२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले आईपीओ जारी गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले आईपीओ जारी गर्ने

1.2K
Shares

काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा बिहान साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने र आव २०८१र८२ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि २।१०५ प्रतिशत नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा आईपीओ निष्कासनका लागि सञ्चालक समितिको निर्णयबाट नियुक्त भएका निष्कासन प्रबन्धकको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij