२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखी १७ औं संस्करणको नाडा अटो शो २०२५, उड्ने सवारी मुख्य आकर्षक

आजदेखी १७ औं संस्करणको नाडा अटो शो २०२५, उड्ने सवारी मुख्य आकर्षक

1.7K
Shares

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको नाडा अटो शो २०२५ भदौ ३ देखि ८ सम्म आयोजना सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याउनेछ ।  नाडा स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको हो ।

प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ । १७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । मंगलबार बिहान १० बजे हुने उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालकै पहिलो उड्ने ट्याक्सी (ईभीटोल) सार्वजनिक गर्नेछन् ।  मंगलबार बिहान १० बजे हुने उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपालकै पहिलो उड्ने ट्याक्सी (ईभीटोल) सार्वजनिक गर्नेछन् ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पाट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहने आयोजकले बताएको छ ।

एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको शोमा १ सय २५ भन्दा बढी प्रदर्शक रहनेछन् । प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स अत्याधुनिक चारपांग्रे रोबोट र डिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन् । भिन्टेज मोटर शोमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ जस्ता ब्रान्डका सवारीसाधन प्रदर्शन गरिनेछ ।

‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी तथा अटो पाट्र्स देखाइनेछ भने अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी सहकार्य प्रवर्द्धन गरिनेछ । ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij