२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाइ नेपालले गर्यो ‘दसैं–तिहार, दस गुणा उपहार’ अफर घोषणा

हुन्डाइ नेपालले गर्यो ‘दसैं–तिहार, दस गुणा उपहार’ अफर घोषणा

1.3K
Shares

काठमाडौं- नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले चाडपर्व लक्षित ‘दसैं–तिहार, दस गुणा उपहार’ अफर घोषणा गरेको छ।

नेपालीहरुको महान् पर्व दसैं,तिहार र छठको उत्सवलाई रोचक एवं हर्सोउल्लास बनाउन हुन्डाइले यो अफर घोषणा गरेको हो। यस अफरअन्तर्गत ग्राहकले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्।

साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्। त्यस्तै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्।

प्रत्येक गाडी खरिदमा एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्सुरेन्स र सडक कर पनि उपलब्ध हुनेछ। हरेक हुन्डाइ गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ। जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij