२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स क्यापिटलको दुई वटा म्युचुअल फण्डद्वारा लाभांश घोषणा

सिटिजन्स क्यापिटलको दुई वटा म्युचुअल फण्डद्वारा लाभांश घोषणा

1.4K
Shares

काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा बन्दमुखी म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । आर्थिक वर्ष २०८१/८२ को लागि सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा भएको हो ।

जसमध्ये सिटिजन्स म्युचुअल फण्ड २ ले कर सहित ८.२५ प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले कर सहित १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

दुवै फण्डको लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले भदौ १३ गते बुक क्लोज गर्ने भएको छ । यस संगै भदौ १२ गतेसम्म कायम इकाईधनीले मात्र यी लाभांश पाउने छन् । साथै क्यापिटल लिमिटेडले पुरानो लाभांश दिन बाँकि इकाईधनीहरुलाई पनि क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij