२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा र पदस्थापन, को कहाँ ?

अर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा र पदस्थापन, को कहाँ ?

2K
Shares

काठमाडौं – अर्थ मन्त्रालय र यस अन्तर्गतका विभिन्न निकायमा कार्यरत १२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरिएको छ।  साउन ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार पदस्थापन सूची सार्वजनिक गरिएको हो।

निर्णयअनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा, टंक प्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा, महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखा र श्याम प्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशकमा पदस्थापन गरिएको हो ।
त्यसैगरी, टंकनाथ लम्साल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक, भरत मणी पाण्डे भन्सार विभागका उपमहानिर्देशक, दिपक लामिछाने महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक र रमेश अर्याल आन्तरिक राजस्व विभागका उपमहानिर्देशकमा नियुक्त भएका छन्।

जनकराज शर्मा पनि आन्तरिक राजस्व विभागका उपमहानिर्देशकमा सरुवा भएका छन् भने दिलिप कुमार गौतम ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक बनेका छन्। यस्तै, पदम कुमार श्रेष्ठ मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर प्रशासक र विष्णु प्रसाद ज्ञवाली वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकका रूपमा पदस्थापन भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij