काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच ‘७ प्रतिशत लक्ष्मी सन्राइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टी सेवा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
लक्ष्मी सनराइज बैंकले कूल ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य एक हजारका दरले हुन आउने रकम तीन अर्ब बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो।
सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडतर्फ प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सनराइज बैंक लिमिटेडतर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij