२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

1.5K
Shares

काठमाडौं – दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हाईड्रोपावरको आइपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ । कम्पनीको आइपीओमा आवेदन गर्ने दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ती मध्येमा भाग्यमानी ५ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर प्राप्त गरेका हुन ।

कम्पनीको आइपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेको थियो । जस मध्येमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएको हो । १३ हजार २३९ जनाको आवेदन बदर भएको छ । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेको गरेको थियो । आइपीओको नतिजा भने सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij