२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको खुद नाफा नाफा ३ अर्ब ७७ करोड

नेपाल बैंकको खुद नाफा नाफा ३ अर्ब ७७ करोड

1.5K
Shares

काठमाडौं- नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा १३१७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ८४ लाख मात्रै थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड कायम भएको छ। यस अवधिमा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ४ अर्ब ७५ करोडबाट घटेर १ अर्ब १३ करोडमा सिमित भएको छ । इम्पेयरमेन्ट चार्ज घट्दा र खुद ब्याज आम्दानी बढेको कारण बैंकको नाफा उलेख्य बढेको देखिन्छ। कम्पनीको संचालन नाफा ६९२.४३ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड कायम भएको छ ।

यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा भने ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य नाफा ऋणात्मक रहेकोले कम्पनीले लाभांश दिन सक्ने छैन ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २५.६८ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ २५९.८१ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.४७ प्रतिशत रहेको छ।

कम्पनीको चुक्ता पुंजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा २३ अर्ब ९३ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ खर्ब ३२ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij