२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्यको खुद नाफा ३ अर्ब ८१ करोड

राष्ट्रिय वाणिज्यको खुद नाफा ३ अर्ब ८१ करोड

865
Shares

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले यस अवधिमा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आवको तुलनामा बैंकको नाफा ४९.५३ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, बैंकले अघिल्लो वर्ष १० अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १० अर्ब ८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ।

बैंकको कुल आम्दानी पनि ११ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। भने आम्दानी बढेसँगै बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्ष ४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा गत वर्ष ३१.५९ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

नाफा र आम्दानी वृद्धि भएपछि अघिल्लो वर्ष १ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ। बैंकको प्रतिशेयर आम्दानी पनि १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ।

यता, चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकले २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij