२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छ्याङ्दी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो

छ्याङ्दी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी बढ्यो

795
Shares

काठमाडौं – छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९ करोड ९७ लाख रुपैयाँबाट बढेर १४ करोड १ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ८ करोड ३ लाख रुपैयाँबाट बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने १० करोड ३६ लाख रुपैयाँबाट घटेर ९ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।

३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २० करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ५१ रुपैयाँ ४२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij